७ आश्विन २०८३, बुधबार | September 23, 2026

सरकारी जग्गा हडप्ने गिरी पत्रकारमाथि अभद्र व्यवहार गरेपछि पक्राउ



काठमाडौं । अनामनगरको सरकारी जग्गा हडप्ने हरिप्रसाद गिरी पत्रकार सुनिल सापकोटामाथि अभद्र व्यवहार गरेपछि पक्राउ परेका छन् । उनलाई अहिले सिंहदरबार वृत्तमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गिरीले बुधबार बिहान सवा ९ बजेतिर अनामनगरको सामाजिक विकास चोकमा स्वास्थ्य लाइभका सम्पादन सापकोटामाथि उपशब्द र अभद्र व्यवहार गरेका थिए । उनले जग्गाको विषयमा समाचार लेख्ने पत्रकार यही भनी आफ्नो साथमा रहेका मान्छेहरूलाई भौतिक आक्रमण गर्न उक्साएका थिए ।

गिरीले काजि महादेवस्थान गाउँ पञ्चायत वडा नम्बर ५ साबिक धोबीखोला जनिएको कित्ता नम्बर १४३ को ४ आना जग्गा हालसाबिक गरेर आफ्नो नाममा घुसाएका थिए । त्यस्तै धोबीखोला कै १ आना जग्गा हालसाबिक गरेर शान्ता दाहाललाई बेचेका छन् । नापी विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले प्रस्ट रुपमा उक्त कुरा उल्लेख गरेको छ । उक्त जग्गा अहिले सरकारको नाममा फिर्ता आइसकेको छ ।

समाचार लेखेर सरकारी जग्गा फिर्ता ल्याउन भूमिका खेलेका पत्रकार सापकोटा माथि सरकारी जग्गा हडप्ने गिरी बुधबार बिहान एक्कासी जाइलागेका हुन् । आफूमाथि भौतिक आक्रमणको प्रयास र अभद्र व्यवहार भएपछि उनले प्रहरीमा जाहेरी दिएको बताए । दोषीमाथि अभद्र व्यवहारमा कडाभन्दा कडा कारबाही हुनुपर्ने उनको माग छ । पत्रकार सापकोटालाई अभद्र व्यवहार गर्ने तुल्सी राईलगायत भने प्रहरीको सम्पर्कमा छैनन् ।

 

 

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ७ : ३३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज