१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कोरोना नियन्त्रणका योजना कागजमै सीमित

म्याग्दी । कोभिड-१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय सम्बद्ध पक्षको बेवास्ताले कागजमै सीमित बनेको हो । कोभिड-१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहेका म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले नाकामा तीनवटै सुरक्षा निकाय…