काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। उनले उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रक्षाबन्धनको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद्को कठिन घडीमा प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताएका हुन्।…