भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन समस्या हुन थालेको छ । खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा पाकेको धान समयमै भित्र्याउन नसक्ने अवस्था आएको किसानले बताएका छन् । वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान बाली भित्र्याउने समयमा कामदार खोज्नुपर्ने बाध्यता किसानलाई छ ।…