काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतमा बयान सुरु भएसँगै थप एक जना प्रहरी नियन्त्रणमा पुगेका छन् । प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । आजै प्रहरी नियन्त्रणमा आएकी महर्जनलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको छ । प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाउँदा १४ फरार मध्ये उनलाई पनि फरार सूचीमा राखिएको…