२ असार २०८३, मंगलबार | June 17, 2026

बुटवलका मासुपसलमा उपमहानगरको निगरानी, भेटियो सडेगलेको मासु



बुटवल । बुटवलका केही मासुपसलमा मनपरी गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार नेपालगञ्ज रोड र इटाभट्टीका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा अधिकांशले सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको, खशीबोका र कुखुराको मासु एकैठाउँमा स्टोरेज गरेको पाइएको हो ।

मनपरी गर्ने मासु व्यवसायीलाई अन्तिमपटक भन्दै सचेत गराइएको र २ वटा मासु पसललाई जनही ५-५ हजार रुपैयाँ जरिवाना गराईएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । उनले मासु व्यवसायमा मनपरी बढ्दै गएको र नियमन गर्दै पशु बधशालाबाट मासु ल्याउनका लागि सचेतना फैलाउने काम भइरहेको बताइन् ।

बुटवल उपमहानगरपालिकाले उपभोक्ता हित संरक्षण मञ्च, मासु व्यवसायी संघ, होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, व्यापार संघका प्रतिनिधिसहितको अनुगमनका क्रममा मनपरी गर्ने व्यवसायीलाई सचेत गराउने र गल्ती दोहोर्‍याएमा थप कारबाही गर्ने उनले बताइन् ।

उनका अनुसार मासु पसलहरुले सफा र स्वच्छ मासु उपलब्ध नगराउने र उपभोक्ताको हितविपरीत बिक्री वितरण गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ । उनले पशु बधशालामा बध गरेको मासुमात्रै बिक्री वितरण गर्नुपर्ने प्रावधानको पालना गर्न सबै व्यवसायीलाई आग्रह गरिन् ।

भिडियो सहित

पशुपंक्षी विकास शाखाका झविन्द्र बञ्जाडेले मासु पसलहरु मापदण्डअनुसार सञ्चालन नभएको बताउँदै मापदण्डमा नआउनेलाई कारबाहीको दायरामा ल्याइने बताए । उनले पशु बधशाला तथा मासु सम्बन्धी संघ, प्रदेश र स्थानीय कानूनअनुसार बुटवलमा कार्यान्वयन हुने बताए ।

अनुगमन शाखा अधिकृत ठगिश्वर पोखरेलले अनुगमनका क्रममा सचेत गराइएकालाई पालना नगरेमा कारबाही अगाडि बढाइने बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ५ : ०६ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ