काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ । सो प्रकरणमा १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीले ३२ जनाविरुद्ध संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सरकारी वकिलसमक्ष सिफारिस गर्दै अध्ययन प्रतिवेदन बुझाएको छ । केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट…