१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कोरोनाको दोस्रो लहर देखिन थालेपछि त्रिवेणी नाका पुनः बन्द

नवलपुर । पूर्वी नवलपरासीको भारतसँग जोडिएको दक्षिणी सीमावर्ती त्रिवेणी नाका बन्द गरिएको छ । नवलपुरमा पहिलो पटक कोरोनाको संक्रमण देखिनासाथ बन्द भएर खुलेको त्रिवेणी नाका कोरोनाको दोस्रो लहर देखिन थालेपछि पुनः बन्द गरिएको छ । कोरोना संक्रमण तीब्र भएको भन्दै नवलपुरका सबै पालिकाहरुले छुट्टाछुट्टै सूचना निकालेर कडाइ गर्ने निर्णय गरेपछि त्रिवेणी नाका बन्द गरिएको हो…