२५ भदौ २०८३, बिहिबार | September 10, 2026

भुटानी शरणार्थी प्रकरण : ३२ जनाविरुद्ध मुद्दा दर्ता गर्नुपर्ने प्रहरीको अध्ययन प्रतिवेदन



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ ।

सो प्रकरणमा १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीले ३२ जनाविरुद्ध संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सरकारी वकिलसमक्ष सिफारिस गर्दै अध्ययन प्रतिवेदन बुझाएको छ । केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार १६ जना पक्राउ परे पनि १६ जना नै फरार रहेका छन् ।
थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको छ ।

पीडितको उजुरीपछि अनुसन्धानको क्रममा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले हिरासतमा लिएर अनुसनधान गरेको थियो ।

त्यसैगरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरेको हो । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज लगायत १६ जना भने फरार छन् । फरार १४ जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ३ : २७ बजे

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको