सन्धिखर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अघिल्लो वर्ष निजी क्षेत्र निकै ठूलो संकटमा रहेकोमा यस वर्ष क्रमशः सुधार र उत्साह थपिएको बताएका छन । सोमबार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अघिल्लो वर्ष आर्थिक संकटका कारण सार्वजनिक मेला महोत्सवहरू बिरलै देखिने गरेकोमा यस वर्ष अभियानकै रूपमा महोत्सवहरू हुन थाल्नु अर्थतन्त्र सुधारका दृष्टिले शुभसंकेत…