काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमने-सामने छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा चितवनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । प्लेअफ प्रतिस्पर्धाबाट दुवै टोली पहिले नै बाहिरीसकेकाले आजको खेल उनीहरूका लागि प्रतिष्ठा जोगाउने अवसरका रूपमा रहेको छ…