काठमाडौं । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन काठमाडौंमा शनिबार शुरु हुँदैछ । काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा हुने सम्मेलनको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले गर्ने उनका स्वकीय सचिव भानु देउवाले बताए । सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने र छलफल गरी पारित हुने कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले जानकारी दिए ।…