२३ भदौ २०८३, मंगलबार | September 8, 2026

पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?

गण्डकी । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न वर्षौं अघिदेखि थालिएको प्रयास निरर्थक बन्दै आएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणका लागि गरेको औपचारिक प्रस्ताव हालसम्म कार्यान्वयन हुन सकेको छैन । पर्यटकीय राजधानी घोषणाको माग गर्दै पाँच वर्षअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारले पहिलोपटक सङ्घीय मन्त्रिपरिषद्लाई पत्राचार गरेको थियो…