बुटवल । रुपन्दहीको प्रतिष्ठित तारे होटल ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मंगलबारको जेनजी आन्दोलनपछि खरानीमा परिणत भएको छ । तिलोत्तमा–२ स्थित उक्त रिसोर्टमा आन्दोलनकारीले तोडफोड, लुटपाट र आगजनी गरेपछि त्यहाँ कार्यरत सयभन्दा बढी कर्मचारी रोजगारीको अन्यौलमा परेका छन् । मंगलबार दिउँसो करिब चाररपाँच सय आन्दोलनकारी एक्कासी होटल परिसरमा पसेर केही घण्टामै सम्पूर्ण संरचना ध्वस्त पारेका थिए ।…