काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन्। ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले स्वर्गीय भण्डारी र जीवराज आश्रितप्रति पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी हुन्। भण्डारीले मदन-आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनप्रति जनताको…