५ माघ २०८२, सोमबार | January 19, 2026

उपराष्ट्रपति पुनले भेटे वर्षमान पुनलाई

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । जण्डिसमा समस्या देखिएपछि नेता पुनलाई केही दिनअघि सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ।