२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

संसद विघटन मुद्दा : सरकार चलाउन मन लागेन भने राजीनामा दिने हो, संसद नै भंग गर्न पाईंदैन !

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामाथि आज पनि संवैधानिक इजलासमा बहस भैरहेको छ । इजलास बसेसँगै रिट निवेदनका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले बहसमा भाग लिँदै संविधानको धारा ७६को उपधारा ७ ले हालका प्रधानमन्त्रीलाई संसद विघटन गर्न अधिकार नदिएको बताएका छन् । पोखरेलले सरकार चलाउने इच्छा नभए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । संविधानको धारा ७६ को…