खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा छितातालमा टाढाबाटै सेताम्मे टनेल लहरै देखिन्छन् । समथल भू-भाग रहेको छितातालमा निर्माण गरिएका दर्जन बढी टनेलभित्र अकबरे खुर्सानी, क्यारिलोना (पिरो खुर्सानी), गोलभेँडा, तितेकरेला, काँक्रा, मुला, गाँजर, प्याज, बन्दा, काउलीलगायत विभिन्न जातका तरकारी तथा फलफूल लटरम्म फलिरहेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डबाट करिब २० मिनेट तल पर्ने…