३ भदौ २०८३, बुधबार | August 20, 2026

आजको मौसम : हुस्सु, कुहिरो र बादलले जनजीवनमा असर पार्ने सम्भावना



काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज पनि हुस्सु, कुहिरो र बादल लाग्ने भएको छ । जसले दैनिक जनजीवनमा असर पार्ने सम्भावना रहेको छ ।

प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेकोछ । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइका भू-भागमा हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश-१, मधेस प्रदेशलगायत वाग्मती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखी सामान्यतया सफा रहनेछ ।

पहाड र हिमालका धेरै भू-भागमा, तराईका केही भू-भागमा बादल लागेर तथा तराईका थोरै क्षेत्रमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : ३९ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने