काठमाडौं । नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन । गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत…