४ माघ २०८२, आइतबार | January 18, 2026

आसामभित्रको नेपाल : हटेन गोठाले दुःख, तैपनि जोगाएकै छन् पुख्र्यौली संस्कृति

झापा । ६० वर्षअघि बर्माबाट बुबासँगै आसाम झरेका ७९ वर्षीय भीम दाहाल राडीको खास्टो ओढेर पुसको न्यानो घाममा तामुलपानको मिठास लिँदै गरेको भेटिए । ‘बाहिरी चिसोलाई खास्टोले छेक्छ, तर भित्री जाडो हटाउन चाहिँ यो तामुल नचपाई हुँदैन,’ भारतको आसाम प्रान्तको नेपाली भाषी बहुल उदालगुढीको नेपालपाडास्थित दाहाल निवासमा पुग्दा उनले सुनाए, ‘बर्मादेखि आसामसम्म सयौँ गाईगोठ पालेर…