१६ मंसिर २०८०, शनिबार | December 2, 2023

प्रथम देवदह मिडिया कप ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता मंसिर १५ गतेदेखि सुरु



बुटवल । रुपन्देहीको देवदहमा रहेको देवदह प्रेस क्लबले यही मंसिर १५ गतेदेखि प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘स्वास्थ्य र स्वस्थ पत्रकारिताका लागि खेलकुद’-भन्ने मूल नाराका साथ विभिन्न सञ्चारगृह तथा पत्रकारसम्बद्ध संस्थाहरुका बीच मैत्रीपूर्ण ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता हुने भएको हो ।

लुम्बिनी प्रदेशका विभिन्न मिडिया हाउसमा कार्यरत सञ्चारकर्मीहरु बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यसहित ५१ हजार १११ रुपैयाँको पुरस्कार राशीसहित प्रतियोगिताको आयोजना गरिएको हो । विजेताले नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेता टिमले नगद ३१ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । देवदह-५ पानबारी खेलमैदानमा मंसिर १५ देखि १७ गतेसम्म हुने नकआउट ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिताका डेढ दर्जन बढी समूहको सहभागिता रहने आयोजकको दाबी छ ।

हालसम्मकै ठूलो पुरस्कार राशी दाबी गरिएको मिडिया कपले पत्रकारको स्वास्थ्यसँगै स्वस्थ पत्रकारिताको लागि योगदान पुर्याउने मूल आयोजक समितिका संयोजक तथा देवदह प्रेस क्लबका अध्यक्ष बिष्णु पोखरेलले दाबी गरे । १२ लाख बढी खर्च अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्नका लागि देवदह नगरपालिकासहित विभिन्न निजी तथा व्यवसायिक कम्पनीहरुसँग सहकार्य गरिने उनले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १२ : ४८ बजे

कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन आजबाट बुटवलमा सुरु

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन बुटवलमा आजबाट

टी-२० सिरिज : भारत एक खेल अगावै विजयी

काठमाडौं । अस्ट्रेलिया विरुद्धको टी-२० सिरिज भारतले जितेको छ ।

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा आशंक बदली, अन्य प्रदेशमा सफा

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

सुनको सिक्री लुटने बाराका एक युवक पक्राउ

काठमाडौ । सुनको सिक्री लुटेर भाग्ने पक्राउ परेका छन् ।

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले पहिलो