काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा हालेकी गौशाला-२६ अस्पताल भर्ना भएकी छिन् । प्रहरीका अनुसार औषधिको ओभरडोज लिएपछि उनी अस्पताल भर्ना भएकी हुन् । उनलाई नर्भिक अस्पतालमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी भोलि (आइतबार) तोकिएको…