४ श्रावण २०८३, सोमबार | July 20, 2026

पोखरामा जनकपुरको मिथिला संस्कृति प्रदर्शन गरिने



गण्डकी । आभ्या क्लबको आयोजनामा यही मङ्सिर ९ र १० गते पोखरामा जनकपुरको मिथिला संस्कृति, कला एवं पोखरेली ह्याण्डीक्राफ्ट प्रदर्शनी हुने भएको छ । हिजो यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक कृपा श्रेष्ठले जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेली सामु ल्याउन लागेको जानकारी दिइन ।

‘मिथिला शैली, कला र सांस्कृतिक समृद्धि’ नाराका साथ गर्न लागिएको प्रदर्शनीमा जनकपुरका आठ कलाकारसहित १५ जनाको टोली पोखरा आउने उनले जानकारी दिइन । उक्त क्रममा आभ्या क्लब परिसरमा नै पोखरेली महिलाको हस्तकला प्रदर्शन गरिने उल्लेख गर्दै उनले मिथिला र पोखरेली कलाकारको सहभागितामा चित्रकला कार्यशाला पनि गरिने बताइन ।

कला संस्कृतिको संरक्षणका लागि यसअघि साउनको दोस्रो साता ‘अ डे विद कलर्स’ शीर्षकमा पोखराका बालबालिका तथा विभिन्न उमेर समूहका झण्डै दुई सय ५० जनाको सहभागितामा सम्पन्न गरिएको क्लबले जनाएको छ । त्यस्तै भदौको तेस्रो साता माटो, कला र पोखरा शीर्षकमा मूर्तिकलासमेत सम्पन्न गरिएको श्रेष्ठले जानकारी दिइन ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ७ : २८ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री