नेपालगन्ज । नेपालगन्ज–१४ महेन्द्रनगरमा रहेको प्रदेश सुशासन केन्द्रलाई अन्यत्र सार्न थालिएको भन्दै बाँकेमा त्यस कदम विरुद्ध आवाज उठ्न थालेको छ । सुशासन केन्द्रलाई बाँकेबाट दाङ सार्न थालिएको भन्दै सरोकारवालाहरुले त्यस विरुद्ध आवाज उठाएका हुन् । सो कार्यालय अन्यत्र लैजान नदिने निर्णय गर्दै नागरिक अगुवाहरुले त्यसका लागि पहल, पैरवी र आन्दोलनको अगुवाइ गर्न कार्यदल गठन गरेका…