काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत विभिन्न प्रतिवेदनमाथि शनिबार भएको समूहगत छलफलको निष्कर्ष आज (आइतबार) प्रस्तुत हुँदैछ । शनिबार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार १० वटा समूहमा विभाजन गरी छलफल गरिए पनि प्रतिवेदनहरू भने आज बिहान ८ बजे महाधिवेशन हलमा पेस गरिँदैछन् । एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार, समूह नेताहरूले प्रतिवेदन…