गुल्मी । गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रिय सचिव हुन् । उनी इस्मा गाउँपालिका ४ दोहली बाँझमा २०२२ साल असार १७ गते जन्मिएका हुन् । उनले व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । बिष्टले ०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनैतिक यात्राको सुरुवात गरे । उनले विभिन्न मुद्दामा विभिन्न कारागार र हिरासतमा जीवन बिताएका छन्…