२४ भदौ २०८३, बुधबार | September 9, 2026

१९.०६ अंकले घट्यो सेयर बजार



काठमाडौ। सेयर बजार ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सूचकसँगै कारोबार रकम पनि सुस्त बनिरहेको छ ।

मंगलबार दिन नेप्से सूचक १९.०६ विन्दुले घटेर १८८९.५९ अंकमा आएको छ । सबै समूहका सूचक घट्दा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बजार निरन्तरजसो घट्दै पुनः १८ सयकै लाइनमा झरेको छ । मंगलबार नेप्सेले १९ सयभन्दा माथिको मनोवैज्ञानिक विन्दुलाई पनि छाडेर तल आएको हो ।

नेप्से निरन्तर ओरालो लागेपछि सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान थप कमजोर देखिएको छ । बजार घट्नेक्रम नरोकिएपछि सेयर खरिद गर्ने योजनामा रहेकाहरु पनि अब ‘पर्ख र हेर’को रहेका छन् ।

यद्यपि, विगतमा कसिएका नीतिहरु विस्तारै खुकुलो बनाउँदै जानेक्रम सुरु भएको छ । सेयर धितो कर्जामा १२ करोडको सीमा लगाइएपछि पनि नेप्से २२ सय माथि पुगिसकेको हो । तर अहिले त अझ सीमा बढाएर २० करोडसम्म पुर्याइएको छ । यो भनेको सुधारको क्रम नै हो ।

यस दिन २८२ कम्पनीको ४२ लाख ८७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २० करोड ३७ लाख रुपैयाँसहित कारोबार रकममा सानिमा जीआइसी इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रोमा नबिल बैंक र तेस्रोमा एनआइसी एसिया बैंक परेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ३ : ५५ बजे

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ