४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

१९.०६ अंकले घट्यो सेयर बजार



काठमाडौ। सेयर बजार ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सूचकसँगै कारोबार रकम पनि सुस्त बनिरहेको छ ।

मंगलबार दिन नेप्से सूचक १९.०६ विन्दुले घटेर १८८९.५९ अंकमा आएको छ । सबै समूहका सूचक घट्दा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बजार निरन्तरजसो घट्दै पुनः १८ सयकै लाइनमा झरेको छ । मंगलबार नेप्सेले १९ सयभन्दा माथिको मनोवैज्ञानिक विन्दुलाई पनि छाडेर तल आएको हो ।

नेप्से निरन्तर ओरालो लागेपछि सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान थप कमजोर देखिएको छ । बजार घट्नेक्रम नरोकिएपछि सेयर खरिद गर्ने योजनामा रहेकाहरु पनि अब ‘पर्ख र हेर’को रहेका छन् ।

यद्यपि, विगतमा कसिएका नीतिहरु विस्तारै खुकुलो बनाउँदै जानेक्रम सुरु भएको छ । सेयर धितो कर्जामा १२ करोडको सीमा लगाइएपछि पनि नेप्से २२ सय माथि पुगिसकेको हो । तर अहिले त अझ सीमा बढाएर २० करोडसम्म पुर्याइएको छ । यो भनेको सुधारको क्रम नै हो ।

यस दिन २८२ कम्पनीको ४२ लाख ८७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २० करोड ३७ लाख रुपैयाँसहित कारोबार रकममा सानिमा जीआइसी इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रोमा नबिल बैंक र तेस्रोमा एनआइसी एसिया बैंक परेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ३ : ५५ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन