१७ भदौ २०८३, बुधबार | September 2, 2026

धुलिखेलबाट काठमाडौं आउँदै गरेको यात्रुबस दुर्घटना, सात घाइतेको उद्धार

काठमाडौं। धुलिखेलबाट काठमाडौं आउँदै गरेको यात्रुबस भक्तपुरको साँगामा दुर्घटना भएको छ। बा३ख ९३९६ नम्बरको यात्रुवाहक बस साँगाको महादेव मन्दिर जाने साँगा पुलनजिकैको भीरबाट खसेको प्रहरीको भनाइ छ। अहिले प्रहरीले घाइतेको उद्धार गरिरहेको जनाएको छ। अहिलेसम्म सात जना घाइतेको उद्धार गरेर अस्पताल पठाइएको छ। प्रहरीका अनुसार चार जना घाइतेको इबमुरा अस्पताल र तीन जनाको मध्यपुर अस्पतालमा…