काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ तर्फका खेलाडीको मृत्यु भएपछि देशैभरिका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको छ । नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि देशभरका प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले खेललाई व्यवस्थित बनाउन तत्कालका लागि बन्द गरिएको जानकारी दिएका छन् । आइतबार बिहान पोखराको सारङकोटमा शुरु…