१९ पुस २०८२, शनिबार | January 4, 2026

अल्फाबिटाको अवैध संरचनामा अन्तत: चल्यो डोजर

काठमाडौं । भवनको पार्किङमा नक्शा पास विपरित अवैध संरचना बनाएर भाडा असुलिरहेको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । महानगरप्रमुख बालेन्द्र शाहसँग अल्फाबिटाका संचालकले भवन मापदण्डअनुसार रहेको दाबी गर्दै शाहलाई डन नबन्न चेतावनी दिएको केही घण्टाभित्रै महानगरपालिकाले डोजर चलाएको हो । भवनको नक्शा र डोजर लिएर संरचना भत्काउन शाह स्वयं उपस्थित भएका थिए…