२३ भदौ २०८३, मंगलबार | September 9, 2026

समाजवादी मोर्चाले बुटवलमा सन्देशसभा गर्ने



बुटवल । समाजवादी मोर्चाले आगामी भाद्र १२ गते बुटवलमा सन्देश सभा गर्ने भएको छ । मोर्चाको केन्द्रीय कार्यक्रम अन्तर्गत भाद्र १२ गते मोर्चाको प्रदेश समिति घोषणासहित सन्देशसभा गर्ने भएको हो ।

मोर्चामा आवद्ध दलहरुको बैठकले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रदेशस्तरीय बृहत् सन्देशसभा गर्ने निर्णय गरेको मोर्चा घटक राजपाका नेता तथा कार्यक्रमका प्रचार प्रसार संयोजक मनिकर कार्कीले बताए ।

बैठकले कार्यक्रमलाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्नका लागि योजना निर्माण गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने उक्त सन्देश सभामा चार पार्टीका लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुबाट अगुवा कार्यकर्तासहित आम जनताको सहभागिता रहने कार्यक्रमका प्रचार प्रसार संयोजक कार्कीले बताए ।

संविधानले परिकल्पना गरेको ‘समाजवादउन्मुख’ अर्थराजनीतिक रुपान्तरणका लागि नेपाली मौलिकता अनुरुपको समाजवादी बाटो तय गर्ने लक्ष्यका साथ चार पार्टीले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चाको केन्द्रीय कार्ययोजना अनुरुप सातै प्रदेशहरुमा मोर्चाको प्रदेश समिति घोषणा र सन्देश सभा गर्ने कार्यक्रम अनुरुप बुटवलमा कार्यक्रम हुन लागेको हो ।

मोर्चाको केन्द्रीय निर्णय अनुसार लुम्बिनी प्रदेशको बुटवलमा हुने सन्देशसभाको संयोजन गर्ने जिम्मेवारी नेकपाले पाएको छ । बैठकले लुम्बिनी प्रदेशमा समाजवादी मोर्चाको प्रादेशिक तथा स्थानीय संरचना निर्माण गरी प्रदेश अन्तर्गतका सबै स्थानीय तहहरूमा समाजवादी मोर्चाको कार्यक्रम र अभियानहरू संचालन गर्ने कार्ययोजना निर्माण गरेको छ ।

बैठकमा मोर्चामा आवद्ध दलहरु नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीको प्रदेश स्तरिय नेताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ६ : १२ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी