भैरहवा । प्रश्रित प्रतिष्ठान नेपालद्वारा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको जन्मदिनको अवसरमा साहित्यिक कार्यक्रम गरि मनाइएको छ । प्रतिष्ठानको केन्द्रिय कार्यालय सिद्धार्थनगर रुपन्देहीले साहित्यिक जमघट तथा रचनावाचन कार्यक्रम गरेको छ । साहित्यकार मोदनाथ प्रश्रितको साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान रहेको र उनको योगदानलाई कदर गर्दै प्रतिष्ठान खुलेको शिक्षाविद् बालकृष्ण भट्टराईले बताए । कार्यक्रममा प्राज्ञ बूँद रानाले गजलको…