५ श्रावण २०८३, मंगलबार | July 22, 2026

अवधि समुदायमा भौंरी पर्व



खजुरा । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेसी समुदायले भौंरी पर्व मनाएका छन् । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कपिलवस्तुलगायत मधेसी समुदायको बहुल्य भएको स्थानमा यो पर्व मनाउने गरिन्छ ।

मधेसी समुदायका अवधि भाषीहरूले भौंरी पर्व धुमधामसँग मनाएका हुन् । यो पर्व मान्ने समुदायका व्यक्तिले भौंरी पर्वका दिन बिहानै घरको गोठ लिपपोत गर्छन् । भौंरी पकाउन गहुँको पिठो मुछी पूर्णिमा अर्थात पूर्ण गोलो आकारको परिकार बनाउने गर्छन् ।

गोलो आकारको परिकार बनाइसकेपछि गाई गोरुको गोबरबाट बनेको गुइँठा बनाई गाईगोरु बस्ने गोठमै गुइँठाको आगो तयार गरिन्छ । सोही आगोमा उक्त गोलो आकारको पिठोको परिकार पकाउने गरिन्छ । जसलाई भौंरी भन्ने गरिन्छ ।

अवधि समुदायमा यो पर्वको छुट्टै महत्त्व छ । गाईगोरु नै घरको सम्पत्ति हो भन्ने विश्वासले गोठमै पकाउने परम्परा रहेको छ । यी परिकारहरू विधिवत्रूपले पकाइसकेपछि केराको पातमा राखी अगियार अर्थात् पूजा गर्ने गरिन्छ । सर्वप्रथम आफूलाई कमाइ खुवाउने हलिया गोरुलाई खान दिइन्छ ।

घरमा पालेको गाई गोरुलाई भौंरी खुवाई त्यसपछि आफ्ना घरका अन्य सदस्यले खाने गर्छन् । विशेषगरी दही, भेली र चिनीसँग भौंरी खाने गरिन्छ । आजकै दिनमा मधेसी समुदायमा विवाहित छोरी चेलीहरू माइत जाने र ज्वाइँलाई ससुरालीमा बोलाएर भौंरीसँग मिठो परिकार खुवाउने प्रचलन रहेको नेपालगञ्ज–६ का अवधि अगुवा शिवप्रसाद पाठकले बताए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : ४० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं