काठमाडौं । एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षिय केशवप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० लाख रुपैयाँ ठगेको उजुरीको आधारमा प्रहरील पक्राउ गरेको बताएको छ ।…