१६ बैशाख २०८३, बुधबार | April 29, 2026

खेलकुद मन्त्री गहतराज स्वदेश फिर्ता, भ्रमण उपलब्धिमुलक भएको दाबी



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) सहितको टोलि पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्केको छ । रुस सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा गएको मन्त्री गहतराज सहितको टोलि शुक्रबार स्वदेश फर्केको हो ।

स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्ण रुपमा उपलब्धिमुलक भएको प्रतिक्रिया दिए । उनले रुससँगको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास ब्यक्त गरे ।

भ्रमणका दौरान रुसका समकक्षीसँग दुईदेशीय हितको विषयमा विशेष छलफल भएको र रुसले नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको मन्त्री गहतराजले बताए । रुसका खेलकुद मन्त्री आलेग भासिलिभिचको विशेष निमन्त्रणामा पहिलो पटक रुसको औपचारीक भ्रमण गरेका मन्त्री गहतराज र भासिलिभिच बीच नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबिच मैत्रिपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरुको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नकालागि छात्रवृत्ति सहयोग लगाएत विषयमा छलफल भएको थियो । मन्त्री द्वयले “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना” मा दुई पक्षिय सहमती पत्रमा हस्ताक्षर समेत गरेका थिए ।

रुस भ्रमणका क्रममा मन्त्री गहतराजले गैरआवासीय नेपाली संघ (एनआरएन) का पदाधिकारीहरुसँग समेत भेटघाट गरेका थिए । नेपालमा लगानिको वातावरण बन्दै गईरहेकाले देशको आर्थिक विकासकालागि सरकारको साझेदार बन्न रुसमा रहेका नेपालीहरुलाई आग्रह गरेको उनले बताए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १० : २८ बजे

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न

ठेक्काको विवरण हेरफेर प्रकरण : आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच

अध्यादेश फिर्ता गर्न सरकारलाई नेपाल बारको आग्रह

काठमाडौं । आह्वान भइसकेको संघीय संसदको अधिवेशन स्थगित गराएर सरकारले

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’

सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस