अर्घाखाँची । सन्धिखर्कमा छाडा छोडिएका कुकुरलाई रेविजविरुद्धको नि:शुल्क खोप लगाइएको छ । नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (नेल्टा) अर्घाखाँचीका अध्यक्ष प्रदीप आचार्यसहितको टोलीले सन्धिखर्क बजारका मुख्य स्थानमा कुकुरलाई रेविजविरुद्धको खोप लगाएको हो । नेल्टाको स्थापना दिवसको अवसरमा खोप लगाइएको उनले बताए । उनीहरूले अर्घाखाँची अस्पताल पुगेर बिरामीहरुलाई हर्लिक्स तथा विस्कुट वितरणसमेत गरेका थिए ।…