२० बैशाख २०८३, आइतबार | May 3, 2026

जसपामा ७० वर्षे उमेर हद, १५१ सदस्सीय केन्द्रीय समिति



काठमाडौं। जनता समाजवादी पार्टी नेपालले ७० वर्षे उमेर हद कायम गर्ने भएको छ ।

काठमाडौंमा आजवाट सुरु हुने विधान अधिवेसनका लागि प्रस्तावित मस्यौदा विद्यानमा सो उमेर हदको व्यवस्था गरेको हो ।

केन्द्रीय समितिबाट हिजो अनुमोदित भएको सो विद्यान आजवाट सुरु हुने विद्यान अधिवेसनमा पेश गरिदैँछ ।

जसअनुसार ७० वर्ष उमेर भएको व्यक्तिले अब केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैनन । यो प्रस्ताव पारित भएमा सो उमेर हदको सो व्यवस्था तुरुन्तै लागु हुनेछ ।

त्यसैगरी, एउटा व्यक्तिले दुई कार्यकाल भन्दा बढी समयसम्म एउटै जिम्मेवारी लिन नपाउने ब्यवस्था पनि गरिएको छ ।

जसअनुसार जिल्ला समिति, प्रदेश र राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्ष भन्दा बढी कार्य पूरा गरी सकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन नपाउने व्यवस्था प्रस्तावित विधानमा उल्लेख गरिएको छ।

जसपाले सानो तथा छरितो केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव गरेको छ ।

जसअनुसार अबदेखि राष्ट्रिय महाधिवेशनले १३ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव गरिएको छ।

प्रस्तावित विद्यान अनुसार नयाँ केन्द्रीय कार्यसमितिमा १ जना अध्यक्ष, १ जना सहअध्यक्ष ३ जना उपाध्यक्ष, महासचिव १ जना, उपमहासचिव ३ जना, सचिव ३ जना र कोषाध्यक्ष १ जना रहने गरी छरितो केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको छ । हाल जसपाको ४ सय ४० केन्द्रिय सदस्य रहेका छन् ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : २१ बजे

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा

धोबीखोलाको साततले घर डोजरले कोपरेर मात्र छोडियो

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि डोजर चलाइरहेका