भरतपुर । चितवनको माडीस्थित परशुराम कुण्डमा मङ्गलबारदेखि स्नान सुरु गरिएको छ । विशेषगरी चैते दशैँ एवम् रामनवमीका अवसरमा स्नान गरिने धार्मिक एवम् पुरातात्विक महत्व बोकेको परशुराम कुण्डमा औंशीदेखि स्नान सुरु भएको हो । स्नानका लागि आवश्यक व्यवस्था मिलाइएको गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुलसिं गुरुङले जानकारी दिए । कुण्डसम्म जाने गोरेटो बाटो तथा कुण्ड सफाइ…