काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको बताएका छन् । शुक्रबार काठमाडौंमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित “संघर्षमा सिरानचोक” पुस्तकको लोकार्पण तथा विमर्श कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्ड सो कुरा बताउनुभएको हो । “यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले…