काठमाडौं । काठमाडौंको टुँडिखेलमा १५ औँ गणतन्त्र दिवस मनाइएको छ । सैनिक मञ्च टुँडिखेलमा आइतबार बिहान आयोजित गणतन्त्र दिवनसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छिन् । गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका…