काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यावरण संरक्षण गर्न पनि साइक्लिङ आवश्यक रहेको बताएका छन् । ‘प्रज्ञा स्मृति साइक्लिङ म्याराथन–२०२२’ को शनिबार चितवनको भरतपुरमा उद्घाटन गर्दै प्रचण्डले साइक्लिङमार्फत पर्यावरण संरक्षण गर्न सकिने र उक्त सन्देश देशव्यापी फैलाउन जरुरी रहेको बताए । ‘तपाईंहरूले यो प्रतियोगितामार्फत देशैभरी साइक्लिङको विषयमा एउटा सन्देश दिनु हुनेछ ।…