११ भदौ २०८३, बिहिबार | August 27, 2026

मेलम्ची खानेपानी आयोजनामा सरकारको विशेष ध्यान जानुपर्छ : अध्यक्ष तिमिल्सिना



सिन्धुपाल्चोक । राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको टोलीले आज मेलम्ची खानेपानीको मुहान स्थल हेलम्बु–१ अम्बाथानमा अवलोकन तथा निरीक्षण गरेको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, समिति सभापति दिलकुमारी रावल थापा पार्वती एवं अन्य सदस्यहरू टोलीमा सहभागी थिए ।

मुहान निरीक्षणपछि कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीका लागि महत्त्वपूर्ण रहेको बताए । उनले सरकारले विशेष ध्यान दिएर दीर्घकालीन रूपमा पानी लाने काम गर्नुपर्ने बताए । अन्य क्षेत्रलाई भन्दा महत्त्व दिएर मेलम्ची खानेपानीलाई बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष शर्माले बाढीले मेलम्ची आयोजनाको मुहान स्थल र यस भेगमा पु¥याएको क्षतिको पुनःनिर्माणसरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताए । आयोजनासँगै मुहान स्थल पुग्ने सडक मर्मत कार्य पनि महत्त्वपूर्ण रहेको उनको भनाइ छ । यहाँका स्थानीयवासीको आवश्यकतालाई पनि सरकारले ध्यान दिएर सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले विपद् जुनसुकै बेला आउने भएकाले ध्यान दिनुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले खानेपानी समिति खारेज गर्दा काम गर्न असहज भएको गुनासो आएकाले सरकारले यस्ता समिति खारेज गर्दा ध्यान पु¥याउनुपर्ने बताए ।

आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका विगतदेखि वर्तमानसम्मका अवस्था र उपलब्धिका बारेमा जानकारी गराएका थिए । उनले अस्थायीरूपमा वर्षामा पनि पानी पठाउन प्रयास भइरहेको बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : ४७ बजे

रूसी राष्ट्रपति पुटिनद्वारा बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा बाढीपहिरोका कारण भएको

बेलायती प्रधानमन्त्रीको नेपाललाई १ अर्ब सहयोगको घोषणा

लन्डन । बेलायती  प्रधानमन्त्री एन्डी बर्नहमले बुधबार आएको आकस्मिक बाढीपछि

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी

भोटेकोशी बाढी : ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४०

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै