२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

सभामुखले संसदलाई दिए रायमाझी पक्राउ परेको जानकारी



काठमाडौं । सभामुख देबराज घिमिरेले नेपाल प्रहरीले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको जानकारी गराएका छन ।

आइतबार बुढानिलकण्ठस्थित आफान्तको निवासबाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो । सो जानकारी पछि सभामुख घिमिरले उनी पक्राउ परेका संसदलाइ जानकारी गराएका हुन ।

नेपाल प्रहरीले सांसद रायमाझी पक्राउ परेको सुचना संसदीय सचिवालयलाई आएको प्रवक्ता एकराम गिरीले जानकारी दिएका थिए । ‘सांसद रायमाझी पक्राउ परेको औपचारिक जानकारी संसद  सचिवालयमा आएको छ, अब सभामुखले नियमअनुसार त्यसको जानकारी संसदको बैठकमा गराउनु हुनेछ’ उनले भनेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए पछि पक्राउ पुर्जि जारी भए पछि पनि उनी ११ दिन देखी फरार रहेका थिए । उनलाई हिजो मात्रै पक्राउ गरिएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ४ : १० बजे

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको