४ भदौ २०८३, बिहिबार | August 21, 2026

वन्यजन्तु बढेपछि किसान हैरान

महोत्तरी । “न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रो”, बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि वीरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्छिन्, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।” खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाक्रामा झुत्याएर राखिएको मकै पनि उधिनेर दिक्क बनाएको ६५ वर्षीया राधाको बिलौना छ । खेतबारीमा बाँदर, निलगाई र…