१० आश्विन २०८०, बुधबार | September 27, 2023

२० जना प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान



काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा पदोन्नती भएका २० जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको २४ वैशाखमा  भएको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरूलाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानीद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिह्न पाउनेहरुमा प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जबरा, वेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेबी थापा र प्रज्वल महर्जन रहेका छन् ।

यसैगरी प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्तले दर्ज्यानी चिह्न पाएका हुन् । सोही निर्णयबाट पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेकाले सोमबार दर्ज्यानी चिह्न प्रदान नगरिएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ३ : ४३ बजे

स्वास्थ्यमन्त्री बस्नेत बोले चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ

चितवन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा

Tourism Minister welcomes foreign tourists

Kathmandu: Foreign tourists were welcomed at the Kathmandu-based Tribhuvan International

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई

मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई