गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाकी डल्ली विक उमेरले ७१ वर्ष पुगिन । उनी प्रत्येक निर्वाचनमा मतदाताका रूपमा साक्षी छिन् । निर्वाचनका समयमा आफ्नो बस्तीमा लाग्ने भोजभतेरको अनुभव उनीसँग छ । वाग्लाको दलित बस्तीमा लाग्ने भोजभतेर कुनै मेलापर्व र उत्सव नभई निर्वाचनका लागि भोट तान्नका लागि भएको हो । भोट तान्ने होडबाजीले चामलको बोरा बाँड्ने…