चितवन । समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । उनको जन्म वि.स १९८७ असोजको फूलपातीका दिन तनहूको वन्दिपुरमा भएको थियो । नारायणघाटमा २००३ सालमा बीपी कोइरालाबाट तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसको सदस्यता लिएकी…