काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप प्रदान गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेका हुन् । भेटघाट कार्यक्रममा सचिव डा। रोशन पोखरेल, प्रवक्ता डा। संगिता मिश्रालगायत उच्च अधिकारीको उपस्थिति रहेको थियो ।…