काठमाडौं । पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँगको खेल फरवार्ड बिमल घर्तीमगरका लागि निकैनै स्मरणीय रहनेछ । उनले केही वर्ष अघिसम्म आफू खेलमा फर्कने या नर्फकने सोच्न सकेका थिएनन्, अन्योल थियो । ठमेलको ठिस्को काण्डमा मुछिएका विमल कारबाहीपछि मैदान त फर्किए । तर, जीवनकै ठूलो चोट बोके । २०७७ साल मंसिरमा राष्ट्रिय टोलीको अभ्यास सत्र क्रममा घुँडाको…